काठमाडौँ । काठमाडौँको वायु प्रदुषण ह्वात्तै बढेको छ । अत्याधिक जनघनत्व, बढ्दो सवारी चाप र घट्दो तापक्रमका कारण पछिल्लो केही सातायता काठमाडौँको प्रदुषण बढेको हो ।
यसो त हरेक वर्ष जाडोयाममा काठमाडौँ लगायतका जिल्लामा प्रदुषण बढ्छ । तर, यसवर्ष भने काठमाडौँमा चिसो बढेसँगै अन्य वर्षको भन्दा तुलनात्मक रुपमा वायु प्रदुषण बढेको छ । वायुप्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः