काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
पर्सा प्रहरी स्रोतले दिएको सूचना अनुसार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
स्रोतका अनुसार वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भएको हिनामिना प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
हाल रवि लामिछानेमाथि चितवनमा बयान लिने काम भइरहेको छ । उनीमाथि पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्