Skip to content
LAXMI SUNRISE BANK

कर्णाली समस्याग्रस्त हुँदा नेप्सेमा ‘नन फण्डामेन्टल’हरुको हरिबिजोग, पाँच कम्पनीमा नेगेटिभ सर्किट लेभलको कारोबार

अर्थ सरोकार

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त हुँदा त्यसको सिधा असर नेपाली सेयर बजारमा परेको छ ।

कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार प्रभु बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५० करोड ७७ लाख ८३ हजार ७ सय ३ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । बिहीबार आत्मनिर्भर लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आज कर्पोरेटसहित तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK