×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कम्पनीको सीईओ बन्न प्राधिकरणको स्वीकृति नचाहिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बीमा कम्पनीको सीईओ बन्न प्राधिकरणको स्वीकृति नचाहिने !

Artha Sarokar

११ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अबदेखि जुनसुकै बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति नचाहिने भएको छ । मंसिर २७ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बीमा कम्पनीको सीईओ नियुक्तिसम्बन्धी प्रावधान संशोधन गर्दै प्राधिकरणले बीमा कम्पनीको सीईओ नियुक्ति गर्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ ।

योसँगै अब बीमा कम्पनीको सीईओ नियुक्ति गर्न कम्पनीले प्राधिकरणको स्वीकृति लिनुपर्नेछैन । बरु, कम्पनीले सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न सक्नेछ ।

तर, सीईओ नियुक्त गरेको जानकारी सात दिनभित्र प्राधिकरणलाई दिइसक्नुपर्नेछ । यद्यपि कम्पनीले सीईओ नियुक्त गर्दा बीमा ऐनले तोकेको सर्त र योग्यता भने पूर्ण रुपमा पालना भएको हुनुपर्नेछ । यदि सीईओ नियुक्ति ऐनले तोकेको योग्यता विपरित देखिएमा प्राधिकरणले हस्तक्षेप गर्न सक्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी