काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आइपिओको फाइल अघि बढाउन निर्देशन दिएका छन् । बोर्डका कर्मचारीहरुसँग बोर्डको स्थिति र रोकिएका कामबारे ब्रिफिङ लिँदै अध्यक्ष श्रेष्ठले आइपिओको फाइल अघि बढाउन निर्देशन दिएका हुन् ।
ब्रिफिङका क्रममा कर्मचारीले अध्यक्ष नहुँदा आइपिओ निष्कासन प्रक्रिया अघि बढ्न नसकेको बताएका थिए । लगत्तै अध्यक्षले प्रक्रिया अघि बढाउन निर्देशन दिएको बोर्डका एक उच्च अधिकारीले बताएका छन् ।
यसो त आइपिओको स्वीकृति मागेका कम्पनीहरुको फाइल अघि बढे पनि सबैलाई एकैपटक आइपिओ निष्कासनको अनुमति दिने अवस्था नभएको ती अधिकारीको भनाई छ । ‘बोर्डमा स्वीकृति मागेका धेरै कम्पनीले निवेदन मात्रै दिएका छन्, केहीका कागजात पुराना भइसके ।’, उनले भने, ‘अब कम्पनीहरुका फाइल खोलिन्छन् । मापदण्ड, कागज, प्रक्रिया सबै पूरा गरेका कम्पनीलाई अनुमति दिइन्छ । बाँकीको प्रक्रिया पूरा गरेपछि काम अघि बढ्छ ।’
ती अधिकारीका अनुसार सम्पूर्ण कागजात बुझाएका र सबै मापदण्ड पूरा गरेका कम्पनीहरुलाई आउँदो सातादेखि क्रमिक रुपमा आइपिओ निष्कासनको अनुमति दिइनेछ ।
अर्कोतर्फ बोर्डले रोकिएका आइपिओ जारी गर्न दिने तयारी गरिरहेका बेला सेयर लगानीकर्ताले भने एकैपटक आइपिओको बाढी आउँदा त्यसको असर दोस्रो बजारमा पर्ने भन्दै आइपिओको बाढी आउनु गलत भएको तर्क गरिरहेका छन् । तर, बोर्डले उक्त विषयलाई पनि गम्भीरतापूर्वक लिएको बोर्डका ती अधिकारीले बताएका छन् । आइपिओ निष्कासनका लागि स्वीकृति मागेका ७७ कम्पनीको पाइपलाइनमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्