×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंक डुब्दा ब्रोकर नम्बर ७४ को ७ करोड बढी फस्यो, अग्रवाल परिवारको अर्बौं होल्ड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कर्णाली डेभलपमेन्ट बैंक डुब्दा ब्रोकर नम्बर ७४ को ७ करोड बढी फस्यो, अग्रवाल परिवारको अर्बौं होल्ड !

Artha Sarokar

११ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंकको सेयर कारोबार रोक्का गरेको छ ।

बैंक टाँट पल्टिने पक्का भएपछि राष्ट्र बैंकले कर्णालीलाई बुधबार समस्याग्रस्त घोषणा गरेको थियो । लगत्तै नेपाल धितोपत्र बोर्डले पनि एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिएपछि लगानीकर्ताको हितलाई मध्यनगर गर्दै बैंकको धितोपत्र कारोबार स्थगत गर्न र थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न पत्राचार गरेको थियो ।

बोर्डको उक्त पत्र पाएलगत्तै नेप्सेले बिहीबार कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । योसँगै कम्पनीको सेयर कारोबार अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर कारोबार खुल्न लामै समय लाग्ने पक्का देखिएको छ ।

यता कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार अनिश्चितकालका लागि रोक्का भएपछि ९२ हजार २ सय १० कित्ता सेयर होल्ड गरेको कलश स्टक मार्केट (ब्रोकर नम्बर ७४)को करोडौँ रुपैयाँ फसेको छ ।

त्यस्तै, कम्पनीमा अग्रवाल परिवारका विभिन्न व्यक्तिको नाममा झन्डै ४ लाख (३ लाख ९५ हजार ६ सय ६३) कित्ता सेयर रहेको पाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी