×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Artha Sarokar

२४ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध नागरिकताको विवरण हेरफेर गरेर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार सिलवालले नागरिकताको विवरण पटकपटक हेरफेर गरेर व्यक्तिगत लाभ लिएको देखिएको छ । त्यति मात्र होइन, सिलवालमाथि राहदानी केरमेट र जालझेल गरेकोसमेत आरोप छ ।

प्राधिकरणको अध्यक्ष ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्ने प्रावधान भएपनि सिलवालले ६६ वर्ष पुग्दा पनि पदमै बसेर ९ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको भन्दै उजुरी परेको थियो ।

सोही उजुरीमाथि अनुसन्धान गर्दा सिलवालले जिल्ला प्रशासन कार्यालय पर्साबाट २०३२ फागुन २४ गते नागरिकता लिएको खुलेको छ । त्यसपछि उनले २०६६ सालमा नागरिकताको प्रतिलिपि लिएको देखिन्छ । जहाँ सिलवालको जन्ममिति २०१६ कार्तिक २२ गते उल्लेख छ । तर, निजामती सेवा प्रवेश गर्दा उनले आफ्नो जन्ममिति २०१५ साउन १५ गते उल्लेख गरेका थिए । सोही मितिलाई आधार मानेर सिलवालले निजामति सेवाबाट २०७३ साउन १५ गते अवकाश लिएका थिए ।

पछि बीमा प्राधिकरणको अध्यक्ष भएपछि सिलवालले आफ्नो जन्ममिति २०१८ कार्तिक २४ भएको दाबी गरे । सोही विवरण पेश गरेर उनले कुटनीतिक राहदानी, विशेष राहदानी लिएको र व्यक्तिगत लाभ लिएको अख्तियारले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी