×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन (तस्विरहरु)

Artha Sarokar

२३ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राजधानीको सुन्धारामा आइतबार सम्पदा संरक्षण समाज नेपालले छायाँदेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै विरोध प्रदर्शनी गरेका छन् । राणा शाशनको हुकुमी र राजाको निरङ्कुश शाशन कालमा कानुन हातमा लिएर कब्जा गरिएको कमलपोखरी र बगैचामा बनाईएको छायाँदेवी कम्प्लेक्स तत्काल भत्काउन उनीहरुले माग गरेका हुन् ।

प्रदर्शनमा ‘छायाँदेवी कम्प्लेक्स बहिस्कार गरौँ’, ‘कमलपोखरी पुनर्स्थापित गरौँ’, ‘गैरकानुनी मिलापत्र खारेज गर’ लगायतका ब्यानर तथा पम्प्लेटको प्रदर्शन गरिएको थियो ।

छायाँदेवी कम्प्लेक्स (व्यापारिक भवन) निर्माण भएको सार्वजनिक कमलपोखरी र जग्गासमेत २६.५ रोपनी सार्वजनिक र सरकारी नै कायम गर्न गराउन आवश्यक सहयोगको लागि नेपाल बार एशोसियशनलगायत सम्पूर्ण कानुन व्यवसायी अधिवक्ता र वरिष्ठ अधिवक्ताहरूसँग प्रदर्शनीकारीले अनुरोध गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस् :

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी