काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । यसअघि प्रहरीको केन्द्रीय साइबल ब्युरोले प्रसाईंमाथि अनुसन्धान गरिरहेको भए पनि अब भने सीआईबीले उनीमाथि अनुसन्धान गर्ने भएको हो । साइबर ब्युरोले प्रसाईंलाई सीआईबीको जिम्मा लगाइसकेको छ ।
सीआईबीका एक अधिकारीका अनुसार अब प्रसाईंलाई महाराजगञ्जस्थित सीआईबीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइनेछ ।
साइबर ब्युरोले यसअघि प्रसाईंमाथि विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो । तर, अब सीआईबीले उनीमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान गर्नेछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भन्दै भ्रम फैलाएको आरोपमा साइबर ब्युरोको टोलीले प्रसाईंलाई उनकै निवासबाट पक्राउ गरेको थियो ।
त्यसैबीच प्रसाईंले भारतीय गुण्डा नाइके विश्नोईको नाम लिएर व्यवसायीलाई धम्काएको आरोप लागेपछि उनीविरुद्ध आपराधिक लाभाको कसुरमा पनि पक्राउ पुर्जी जारी भएको थियो ।
अनुसन्धाका क्रममा प्रसाईं र विश्नोईबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबीले जनाएको छ । सीआईबीले सोही प्रकरणमा प्रसाईंमाथि थप अनुसन्धान अघि बढाएको छ । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर साइबर ब्युरेले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्