×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हात्ती महोत्सवमा हात्तीको वनभोज कार्यक्रम… (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हात्ती महोत्सवमा हात्तीको वनभोज कार्यक्रम… (तस्विरहरु) 

Artha Sarokar

१४ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हात्ती महोत्सवमा यसपालि खाना महोत्सव अर्थात् हात्तीको वनभोज कार्यक्रमसमेत गरिएको छ । चितवनको रत्ननगरस्थित सिसवार चौरमा पुस १५ गतेसम्म चल्ने महोत्सवमा शनिबार हात्ती वनभोज कार्यक्रम सञ्चालन गरिएको हो । 

हात्तीको वनभोज कार्यक्रममा हात्तीहरुलाई मिठो मिठो खाना खुवाएर आराम गर्न दिइएको थियो । लगभग १८ देखि २० थरिका खाने कुराहरु हात्तीलाई खान दिइएको थियो । हात्तीको वनभोज कार्यक्रममा ३५ वटा हात्तीलाई वनभोज गराइएको थियो ।

वनभोजमा भेलीमा पकाइएको चामल, ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भुइँकटहर, मकै लगायतका खाने कुरा खुवाइएको थियो । महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन् ।

हात्ती महोत्सवमा शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी