×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको गैरकानुनी धन्दा, राष्ट्र बैंकको निर्देशन विपरित मनपरी, सिइओले बोले सफेद झुट !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एक्सेल डेभलपमेन्ट बैंकको गैरकानुनी धन्दा, राष्ट्र बैंकको निर्देशन विपरित मनपरी, सिइओले बोले सफेद झुट !

Artha Sarokar

५ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पटकपटक नेपाल राष्ट्र बैंकको कारवाहीमा पर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकभित्र हदैसम्मको गैरकानुनी धन्दा हुने गरेको पाइएको छ । पटकपटक जथाभावी गरेको भन्दै राष्ट्र बैंकले डण्डा चलाइरहने यो बैंकले नियामकको निर्देशनविपरित गैर बैंकिङ सम्पतिलाईसमेत भाडामा लगाएर सो बापत आएको रकमलाई बैंकको आयका रुपमा रेकर्ड गरिएको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । गैरबैंकिङ सम्पतिलाई भाडामा लगाउनु गैरकानुनी मानिन्छ ।

यस्तो छ घटना विवरण
एक्सेल डेभलपमेन्टले कर्जा असुल नभएपछि मिति २०७९/०६/३१ गते कमल गाउँपालिकास्थित एक जग्गा सकार गरेको थियो । अर्थ सरोकारलाई प्राप्त भएको सो जग्गाको धनीपुर्जामा पनि सो जग्गा बैंकले सकार गरेको स्पस्ट देखिन्छ ।

सो जग्गा भाडामा लगाएर आम्दानी गर्न नपाइने कानूनी व्यवस्था भए पनि बैंकका सिइओ, डेप्युटी सिइओ, असुली विभाग प्रमुख र बैंकको दमक शाखा प्रबन्धकको मिलेमतोमा मासिक १ लाख रुपैयाँ भाडा असुल गर्नेगरी सो सम्पति सन साइन बोर्डिङ्ग स्कुललाई गैरकानुनी रुपमा भाडामा लगाईएको छ ।

सिइओको सफेद झुट !
यस विषयमा जिज्ञासा राख्दा बैंकका सिइओ डा. इन्द्र कुमार कट्टेलले सो जग्गामा झाडी बढेको र लागू पद्धार्थ दुर्व्यसनीहरुको हब बन्न थालेपछि सो जग्गालाई संरक्षण गरेर स्कुलको जिम्मा लगाइएको दाबी गरेका छन् । उनले सो सम्पत्तिबाट कुनै पनि खालको भाडा असुल गर्नु गलत भएकाले त्यस्तो नगरिएकोसमेत दाबी गरे । तर, हामीले बैंकले सो सम्पति प्रयोगबापत मासिक १ लाख रुपैयाँ भाडा असुल भइरहेको र बैंकले सो रकमलाई अन्य आयको रुपमा सिष्टममा बुकसमेत गरिसकेको बताएपछि उनले यस विषयमा थप बुझौँला भन्दै फोन काटे ।

यता विद्यालय प्रशासनका एक अधिकारीलेसमेत बैंकलाई आफुहरुले भाडा बुझाउने गरेको र राष्ट्र बैंकको व्यवस्थाबारे थाहा नभएको तर्क गरेका छन् ।

त्यस्तै, यता नेपाल राष्ट्र बैकलेसमेत गैर बैंकिङ सम्पत्ती भाडामा लगाउन नपाइने र लगाएको पाइए कार्वाही हुने स्पस्ट पारेको छ । ‘बैंकहरुले गैर बैंकिङ सम्पत्ति भाडामा लगाउने वा त्यसलाई आम्दानीको रुपमा प्रयोग गर्न पाउँदैनन् । त्यस्तो व्यवस्था छैन ।’, अर्थ सरोकार कुराकानी गर्दै राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले भने ।

स्मरण रहोस्, एक्सेल डेभलपमेन्ट बैंक गौरकानुनी काम गर्ने मामलामा निकै अगाडि देखिएको बैंक हो । यहि कारण यो बैंक पटक पटक राष्ट्र बैंकको कार्वाहिमा पर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी