×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सद्धारा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

समृद्धि फाइनान्सद्धारा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

Artha Sarokar

२५ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले मङ्सिर २५ गते संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुतलीसडक कार्यालयद्धारा एकदिने निःशुल्क आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम पुतलीसडकको शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो ।

काठमाडौँ महानगरपालिका वडा २८ को सहकार्य र नेपाल आखाँ अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए । सो कार्यक्रममा आँखा परीक्षणमा ३८१ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिनुको साथै १०० जनालाई नि:शुल्क चश्मा र आवश्यकता अनुसार औषधि वितरण भएको फाइनान्सले जनाएको छ भने जसमध्य १४ जनाको मोतियविन्दु पहिचान गरिएको थियो ।

फाइनान्सको जानकारी अनूसार मोतियविन्दु पहिचान भएका सेवाग्राहीको नि:शूल्क शल्यक्रिया समेत हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी