×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमाको दाबी भुक्तानी अब सिधै बिमितको बैंक खातामा, रोकिएला त फोटो सेसन नौटंकी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बीमाको दाबी भुक्तानी अब सिधै बिमितको बैंक खातामा, रोकिएला त फोटो सेसन नौटंकी ?

Artha Sarokar

११ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । प्राधिकरणका कार्यवाहक अध्यक्ष मदन दाहालको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मार्गदर्शन संशोधन गरेको हो ।

मार्गदर्शन संशोधन गर्दै प्राधिकरणले बीमा दाबीबापतको रकम अबदेखि बीमितको बैंक खातामै भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसो त यसअघि बीमा कम्पनीहरुले दाबी भुक्तानी दिँदा ‘एकाउन्ट पे चेक’मार्फत दिने गरेका थिए । तर, प्राधिकरणले उक्त व्यवस्था संशोधन गर्दै अब दाबी भुक्तानी बैंक खातामै गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाले दाबी भुक्तानीबापत पाएको चेक साट्न शाखाबाट केन्द्र र केन्द्रबाट शाखासम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यसले बीमितलाई दाबी भुक्तानीमा सहज हुने विश्वास गरिएको छ । अर्कोतर्फ बीमा दाबी भुक्तानी गर्यौँ भन्दै कम्पनीहरुले गर्ने फोटो सेसनको ‘नौटंकी’को पनि अन्त्य हुने जानकारहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी