काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइएको छ । सोमबार काठमाडौंको माइतीघरमा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनमा प्रहरी पनि सहभागी थिए । अन्यको भन्दा प्रहरीको संख्या बढी थियो । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा भ्रष्टाचारविरुद्ध एकजुट होऊँ, भ्रष्टाचार एउटा घातक रोग हो, जसलाई उपचार गर्नु नितान्त जरुरी छ, भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफैं सक्रिय हुनुपर्छ लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्