×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताले धितोपत्र बोर्डसँग मागे कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुको कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लगानीकर्ताले धितोपत्र बोर्डसँग मागे कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुको कारण

Artha Sarokar

१६ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ताहरुले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुको कारण मागेका छन् । धितोपत्र बोर्डका नाममा पत्र लेख्दै लगानीकर्ताले राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णालीको सेयर रोक्का गर्नुको कारण मागेका हुन् ।

‘कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगत गर्नको लागि कुन कानूनको आधारमा नेप्सेलाई पत्राचार गरिएको हो ? नेपाल धितोपत्र बोर्डलाई कुन कानूनले दिएको अधिकार प्रयोग गरिएको हो ?’, लगानीकर्ताले बोर्डमा पठाएको पत्रमा उल्लेख छ ।

उक्त पत्र धितोपत्र बोर्डमा सेयर लगानीकर्ता दिपेन भण्डारी, सन्तोष भण्डारी, यादबा थापा र लक्ष्मण महताराले दर्ता गराएका हुन् ।

उनीहरुले संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ अनुसार सार्वजनिक सरोकारका विषयमा सूचना माग गरिएको पत्रमा उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी