×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, नेपाल बंगलादेश बैंकजस्तै उक्सिएला कि लिक्वीडेसनमा जाला ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, नेपाल बंगलादेश बैंकजस्तै उक्सिएला कि लिक्वीडेसनमा जाला ?

Artha Sarokar

१० पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि अव के हुन्छ भन्ने बहस सुरु भएको छ । बैंकको सेयर कारोबार के हुन्छ ? निक्षेपकर्ताको रकम के हुन्छ ? बैंक सामान्य अवस्थामा आउन कति समय लाग्छ ? सीइओ वा संचालक जेल जान्छन् कि के हुन्छ लगायतका बहस सुरु भईरहेको छ ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार अव यो बैंकमा राष्ट्र बैंकको टोली गएर कमाण्ड समाल्छ । बैंकको स्थिति सुधार भएको अवस्थामा बैंक पुन: चल्न पनि सक्छ, वा बैंक लिक्वीडेसनमा जान पनि सक्छ । यसअघि नेपाल बंगलादेश बैंक पनि समस्याग्रस्त घोषणा भएर पुन राष्ट्र बैंकले सुधार गरेको थियो । अहिले नेपाल बंगलादेश बैंक नबिल बैंकमा बिलय भईसकेको छ ।
यस्तो अवस्थाका बैंकहरु अहिलेसम्म उठ्न नसकेका उदाहरणहरु पनि छन् । यसअघि नेपाल सेयर मार्केट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सजस्ता कम्पनीहरु अहिलेसम्म उक्सिन सकेका छैनन् । सेयर मार्केट फाइनान्सका त प्रमुख नै जेल गएका थिए । कर्णालीको केसमा पनि सीइओ जेल जालान् कि बच्लान् भन्ने कोणबाट पनि बहस सुरु भएको छ । यसका लागि राष्ट्र बैंकले केहि समय बैंकलाई टेकओभर गरेपछि नियाल्नुपर्ने देखिन्छ । त्यसपछि सीइओको बास जेलमा हुन्छ कि घरमै बस्न पाउँछन् भन्ने विषयको छिनोफानोको प्रक्रिया सुरु हुन्छ ।
यसअघि नेपाल बिकास बैंक पनि समस्याग्रस्त घोषणा भएको थियो । पछि प्रभु बैंकले सो बैंकलाई उद्धार गरेको थियो । कर्णालीलाई पनि कुनै एक बाणिज्य बैंकको जिम्मा लगाउने वा कर्णालीकै रुपमा चलाउने भन्ने विषयको छिनोफानो अवको करिव १ बर्ष राष्ट्र बैंकले बैंकलाई हेरेपछि थाहा हुन्छ । कमर्सियल बैंकले प्राप्ति गरेको केसमा यो बैंकलाई निकै सस्तो मूल्यमा सो कमर्सियल बैंकले प्राप्ति गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी