काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले टेकओभर गरेको छ । केहि समयअगाडी सिघ्र सुधारात्मक कारवाही भएको सो बैंकलाई राष्ट्र बैंकले बुधबार टेकओभर गरेको हो ।
अव कर्णाली संचालनको जिम्मा राष्ट्र बैंकले लिनेछ ।
केहि समय अगाडीसम्म सिघ्र सुधारात्मक कारवाही गरिएको सो बैंकले सो कारवाही भोगेपछि पनि निक्षेपकर्तामाथि झुटको खेती गरिरहेको थियो । राष्ट्र बैंकले नयाँ निक्षेप लिन रोक लगाए पनि बैंकले निर्वाद कारोबार भईरहेको आशयसहितको विज्ञप्तिबाजी गरेर झुटको प्रचार गरिरहेको थियो । यतिसम्मकि राष्ट्र बैंकले टेकओभर गर्नुभन्दा ठिक एक दिनअघिसम्म पनि बैंकले निर्वाद निक्षेप संकलन भईरहेको सूचना वेवसाइटमार्फत प्रकाशन गरि नै रहेको थियो । अन्तत: निक्षेपकर्ताले केहि दिन सो बैंकबाट पैसा निकाल्न थप झमेला भोग्नुपर्ने भएको छ । यद्यपी राष्ट्र बैंकले यसमा सहजता गराउने काममा जोड दिन आवश्यक निर्देशन दिईसकेको छ ।
यता सेयर खेलाडीको उक्साहटमा लागेर कर्णाली डेभलपमेन्ट बैंकको सेयर महँगोमा किन्नेहरुको करोडौं रुपैयाँ स्वाहा भएको छ । अव अर्को व्यवस्था नहुन्जेलसम्म बैंकको सेयर कारोबार रोक्का हुनेछ । निकै महँगोमा सो सेयर किनेकाहरुको रकम फ्रिज हुनेमात्र होइन, बैंकलाई राष्ट्र बैंकले अन्य बैंकको जिम्मा लगाए लगानीकर्ताले हालेको आधा रकम, त्यो पनि निकै पछि पनि नपाउने स्थिति हुन सक्ने जानकारहरु बताउँछन् ।
कर्णालीको सेयर कारोबार रोक्का गर्न आवश्यक निर्णय नेपाल धितोपत्र बोर्डले बिहीबार लिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्