काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सेयर कारोबार रोक्का गर्न निर्देशन दिने भएको हो । बिहीबार आवश्यक निर्णय गरेर नेप्सेलाई यस्तो निर्देशन दिने तयारी गरेको बोर्डका एक अधिकारीले पुष्टी गरे ।
‘भोलि नै नेप्सेलाई आवश्यक निर्देशन दिनेछौँ । हालका लागि कर्णालीको सेयर कारोबार रोक्का हुनेछ ।’ बोर्डका एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘यसमा आवश्यक आन्तरिक छलफल गरिरहेका छौँ ।’
कर्णालीको सेयर कारोबारको अन्तिम दिन मंगलबार ८३० रुपैयाँमा कारोबार बन्द भएको थियो । सम्भवत: कर्णालीको यो कारोबार नै उचाईंको तत्कालका लागि अन्तिम बिन्दु हुन सक्ने जानकारहरुको तर्क छ ।
यो बैंकलाई राष्ट्र बैंकले टेकओभर गरेपछि अव ऋण उठाउने प्रक्रिया सुरु हुनेछ । राष्ट्र बैंकले ६ महिनादेखि १ बर्षसम्ममा बैंकलाई ठिक अवस्थामा पुर्याउने योजना राष्ट्र बैंकको छ । यद्यपी ऋणहरु ठुलो मात्रामा बिग्रिएका हुनाले र यहि बेला आर्थिक मन्दी भएकाले यो समय ३ बर्षसम्म अझ लम्बिन सक्छ । केहि हदसम्म ठिक अवस्थामा ल्याएपछि पनि यो बैंकलाई कुनै कमर्सियल बैंकसँग मर्ज गर्ने विकल्पमा प्रारम्भिक छलफल भईरहेको राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन् । यस्तो अवस्थामा सेयर कारोबार खुलेको केहि समयभित्र नै यो बैंकको सेयर भाउ अहिलेको आधामा आउने निश्चितप्राय भएको स्वयम् राष्ट्र बैंकका अधिकारीहरुसमेत बताउँछन् ।
बैंक टाँट पल्टिन लागेको खबर सार्वजनिक हुँदा पनि खेलाडीको उक्साहटमा लागेर सोझा लगानीकर्ताहरुले महँगोमा यो कम्पनीको सेयर खरिद गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्