काठमाडौँ । सञ्जय मल्होत्रा भारतको नयाँ गभर्नर बनेका छन् । भारतीय रिजर्भ बैंक (आरबिआई)का गभर्नर शक्तिकान्त दासको कार्यकाल सकिएसँगै मल्होत्रा आरबिआईका नयाँ गभर्नर बनेका हुन् ।
गभर्नर दासको कार्यकाल मंगलबार सकिएको छ । त्यसलगत्तै आरबिआईको नयाँ गभर्नरमा मल्होत्रा नियुक्त भएका हुन् । मल्होत्राले बुधबारदेखि कार्यभार सम्हाल्नेछन् ।
यसअघि वित्त मन्त्रालयका राजश्व सचिव रहेका मल्होत्राको आगमनसँगै आरबिआईले निजी क्षेत्रमैत्री बैंकिङ नीतिहरु अवलम्बन गर्ने अपेक्षा गरिएको छ ।
करिब ३३ वर्ष सरकारी सेवामा बिताएका मल्होत्रासँग ऊर्जा, वित्त, कर, सूचना प्रविधि र खानीलगायत विभिन्न क्षेत्रहरूमा काम गरेको अनुभव छ । उनको समयमा ब्याजदर सरलीकृत भएर मुद्रास्फीति नियन्त्रणमा रहन सक्ने विश्लेषण भएको छ । मल्होत्रा भारतका २६औँ गभर्नर हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्