Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको कारवाहीमा पर्यो मितेरी डेभलपमेन्ट बैंक

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्टलाई कारवाही गरेको छ । मासिक ब्याजदर अन्तर तोकिएको सिमाभित्र कायम नगरेको भन्दै राष्ट्र बैंकले मितेरीलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार मितेरी डेभलपमेन्ट बैंकले एकीकृत निर्देशन, २०८० को इजाजत प्राप्त निर्देशन नम्बर १५ को बुँदा (४)मा तोकिएको ४ं६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्नं नपाउने व्यवस्था पालना नगरेको पाइएको छ ।

सोही कारण बैंकले यस्तो कार्य फेरि नदोहोर्याउनु भन्दै सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नम्बर ४ को उप बँदुा नम्बर (३) मा भएको व्यवस्था बमोजिम मितेरी डेभलपमेन्ट बैंकको शाखा विस्तारमा रोक लगाउने तथा भूकम्प पिडितलाई प्रवाह गरिने बाहेकका अन्य पुर्नकर्जा सुविधा प्रदान नगर्ने गरि कारबाही गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK