काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरी ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा थुप्रिएको ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।
राष्ट्र बैंकमा तरलता राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले बुधबार (मंसिर १९) गते दिउँसो २ बजेभित्र बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकले जारी गरेको निक्षेप संकलन उपकरको म्याद २० दिनका लागि भएको राष्ट्र बैंकले जनाएको छ । अर्थात, राष्ट्र बैंकले बुधबार बोलकबोलमार्फत संकलन भएको निक्षेपको साँवा र ब्याज पुस ९ गते भुक्तानी गर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । कर्जाको माग साह्रै न्यून भएपछि तरलता व्यवस्थापन गर्नै मुस्किल भएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्