×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १३.५३ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइतबार १३.५३ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

७ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.८९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिभर फल्स पावर लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ३ लाख १२ हजार ८ सय ३४ रुपैयाँ ८० पैसा बराबरको भएको छ ।

त्यस्तै, आइतबारको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सपोर्ट माइक्रोफाइनान्ससहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी