काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १० कम्पनीको ९८ लाख ३२ हजार ३ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १७ करोड ६० लाख ५४ हजार ६ सय ३ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्