काठमाडौँ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा पुगेको छ ।
नेप्सेमा कुल ३ सय ४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड ४५ लाख ९० हजार ३ सय ३० रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, सोमबारको बजारमा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, जानकी फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।