काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १८ कम्पनीको ८९ लाख ३९ हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको भएको छ । यस कम्पनीको २२ करोड २४ लाख ३ हजार ९ सय ६४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको बजारमा सपोर्ट माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्