Skip to content
LAXMI SUNRISE BANK

मंगलबार १४.११ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ७ लाख ४२ हजार ७ सय ५३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजको बजारमा आत्मनिर्भर लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK