काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २८ कम्पनीको ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १८ करोड ८४ लाख ६६ हजार ३ सय ३५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्