काठमाडौँ । प्रभु बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो ।
बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै प्रभुका सेयरधनीको हात खाली भएको छ ।
उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने भएको छ । प्रभुले आर्थिक वर्ष २०७९-८० मा पनि लाभांश वितरण गरेको थिएन । यसपटक पनि बैंकले लाभांश नदिएपछि सेयरधनी निराश भएका छन् ।
बैंकले अन्तिमपटक आर्थिक वर्ष २०७८-७९ को नाफाबाट ६. ५० प्रतिशत बोनस सेयर र १. ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्