काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोरख शमशेर राणा नियुक्त भएका छन् । शमशेर स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओमा नियुक्त हुने पहिलो नेपाली हुन् । सन् १९८७ देखि सञ्चालनमा आएको उक्त बैंकमा यसअघिसम्म विदेशी नागरिक नै सीईओ हुँदै आएका थिए ।
हाल बैंकको सीईओमा नियुक्त भएका राणा सुरुवातदेखि नै स्ट्यान्डर्ड बैंकमा कार्यरत छन् । ग्रिनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका राणा ग्रिनेजलाई स्ट्यान्डर्डले किनेपछि त्यसयता उनी स्ट्यान्डर्डमै कार्यरत छन् ।
राणाले अमेरिकाबाट एमबिए गरेका हुन् । सीईओमा नियुक्त हुनुअघि राणा बैंकको डेपुटी सीईओ थिए ।
तत्कालीन सीईओ अरिनब घोष दस्तिरको कार्यकाल सकिएपछि बैंकले राणालाई सीईओमा नियुक्त गरेको हो । सीईओ हुनुअघि राणाले बैंकमा डेपुटी सीईओ, क्रेडिट म्यानेजर, ग्लोबल एन्ड कमर्सीयल बैंकिङ प्रमुख लगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।
राणा स्व. राजा विरेन्द्रका ज्वाइँ हुन् । उनकी श्रीमती श्रुती राज्यलक्ष्मी शाहको दरबार हत्याकाण्डमा राजा विरेन्द्रसहित मृत्यु भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्