काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएपछि उनी राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका हुन् ।
लामिछानेलाई संघीय संसद सचिवालयले सोमबार नै प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरिसकेको थियो । लामिछानेको सांसद पद निलम्बनमा परेसँगै उनी राज्य व्यवस्था समिति सदस्यबाटसमेत निलम्बित भएका हुन् ।
लामिछाने राज्य व्यवस्था समितिमा सदस्य थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्