Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

अर्थ सरोकार

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएपछि उनी राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका हुन् ।

लामिछानेलाई संघीय संसद सचिवालयले सोमबार नै प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरिसकेको थियो । लामिछानेको सांसद पद निलम्बनमा परेसँगै उनी राज्य व्यवस्था समिति सदस्यबाटसमेत निलम्बित भएका हुन् ।

लामिछाने राज्य व्यवस्था समितिमा सदस्य थिए ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK