×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय क्युआर भुक्तानी सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय क्युआर भुक्तानी सम्झौता

Artha Sarokar

३ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे+ नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे+ प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका अन्तरक्रियात्मक क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रबर्द्धन गर्ने उद्देश्य रहेको जनाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी