काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीका पीडितहरु आफैँ सहकारी चलाउन तम्सिएका छन् । सहकारीमा करोडौँ बचत फसेको महिनौँ बितिसक्दा पनि बचत फिर्ताको लागि कसैले चासो नदेखाएको भन्दै पीडितहरु आफैँ सहकारी चलाउन तम्सिएका हुन् ।
उनीहरुले मंगलबार साधारण सभामार्फत सञ्चालक समिति चयन गर्ने र सोही समितिले सहकारीमा फसेको ऋण उठाउन पहल गर्ने तयारी गरेको सहकारीका एक बचतकर्ताले बताएका छन् ।
यसो त सहकारीका बचतकर्ताहरुले गत कार्तिक २५ गतेदेखि नै सहकारीको कार्यालय खोलेका छन् । उनीहरुले कार्यालयबाटै ऋण तिर्न बाँकी रहेको ऋणीहरुलाई सम्पर्क गरेर ऋण तिर्न ताकेता गर्दै आएका छन् । सहकारी दैनिक बचतकर्ताले नै खोलछन् र उनीहरुले नै बन्द गर्छन् ।
त्यस्तै, उनीहरुले दैनिक सहकारी खोल्ने र ऋण असुली गर्नेगरी पोखरा महानगर र प्रहरीसँगसमेत समन्वय भएको बताएका छन् । अहिले बचत फिर्ता र बाँडफाँड भन्दा पनि सहकारीमा फसेको ऋण असुलीमा आफूहरु केन्द्रित भएको पीडितहरुले बताएका छन् । ऋण असुली मात्र होइन, उनीहरुले सहकारीमा आउने सेवाग्राहीको गुनासो पनि आफैँ संकलन गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्