काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको ठूलो परिमाणको सहुलियत कर्जा व्यापक दुरुपयोग भएको पाइएको छ । बनावटी कागज र पहुँचका भरमा दिइएका/लिइएका त्यस्ता कर्जाको व्यापक दुरुपयोग भएको तथ्य स्वयम् नियामक राष्ट्र बैंकले फेला पारेको हो ।
राष्ट्र बैंकका अनुसार सरकारी नीति तथा कार्यक्रमअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल १ खर्ब २६ अर्ब ८२ करोड सहुलियत कर्जामध्ये १६ अर्ब रुपैयाँ दुरुपयोग भएको पाइएको छ ।
राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सहुलियतपूर्ण कर्जामध्ये ३० प्रतिशत कर्जा सही सदुपयोग नभएको, १३ प्रतिशत कर्जा पूर्ण रुपमा दुरुपयोग भएको र १७ प्रतिशत सहुलियत कर्जा दुरुपयोग भएको शंका गरिएको छ ।
सरकारी नीतिअनुसार बैंकहरुले प्रवाह गरेको सहुलियत कर्जा व्यापक दुरुपयोग भएको गुनासो बढेपछि राष्ट्र बैंकले स्थलगत सुपरीवेक्षण गरेको थियो । जुनबेला अधिकांश बैंकहरुबाट बनावटी कागजका आधारमा ऋण प्रवाह गरेको, पहुँचका आधारमा सहुलियत कर्जा प्रवाह गरेको, एउटै परियोजना देखाएर धेरै व्यक्तिले कर्जा लिएको, एउटै ऋणीले धेरै परियोजनामा सहुलियत कर्जा लिएको लगायतका कैफियत फेला पारेको थियो ।
यसरी दुरुपयोग भएको कर्जा स्वयम् ऋणीबाट उठाउने तयारी राष्ट्र बैंकले गरेको छ । त्यसका लागि राष्ट्र बैंकले सम्बन्धित बैंकहरुलाई निर्देशनसमेत दिइसकेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्