×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफद्वारा बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सन नेपाल लाइफद्वारा बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

Artha Sarokar

३ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले ब्याज छुट योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले पौष १ गतेदेखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यहरू निम्न छन् :

-आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने ।

-आफ्ना ग्राहक र उनीहरुको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने ।

-ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उनीहरुको सुरक्षालाई निरन्तरता दिने ।

-ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने ।

सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी