काठमाडौं । नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा होटल, रिसोर्ट र क्यासिना उल्लेखनीय वृद्धि भएको छ ।
विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ ।
विभागका अनुसार, अनुमतिप्राप्त होटलहरूमध्ये ४७ वटा एकतारे, ५२ वटा दुईतारे, ४० वटा तीनतारे, ३९ वटा चारतारे, २३ वटा पाँचतारे र तीनवटा पाँचतारे (डिलक्स) होटल रहेका छन् ।
त्यस्तै, साधारण हेरिटेज/बुटिक होटल १, डिलक्स हेरिटेज/बुटिक होटल ३, र लक्जरी हेरिटेज/बुटिक होटल ३ गरी कुल २ सय १२ होटललाई अनुमतिपत्र प्रदान गरिएको छ ।
विभागले एक सय २३ साधारण रिसोर्ट, ६ डिलक्स रिसोर्ट र तीन लक्जरी रिसोर्टलाई अनुमति प्रदान गरेको छ । त्यस्तै, विभागले नौंवटा ठूला क्यासिनो र १७ वटा आधुनिक मेसिन वा उपकरणमार्फत खेलाइने मिनी क्यासिनोलाई अनुमति दिएको छ । त्यस्तै, तीनवटा क्यासिनो अदालतको स्टे अर्डरका कारण सञ्चालनमा रहेको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्