×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी बढ्यो सिमेन्टको मूल्य, अझै बढाउने ‘मुड’मा उद्योगी !

LAXMI SUNSIRE
GLOBAL IME BANK

फेरी बढ्यो सिमेन्टको मूल्य, अझै बढाउने ‘मुड’मा उद्योगी !

Artha Sarokar

२३ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य फेरी बढाएका छन् । केही दिनअघि मात्रै प्रतिबोरा १ सय रुपैयाँले मूल्य वृद्धि गरेका उद्योगीहरुले आज (आइतबार) फेरी अधिकतम ५० रुपैयाँसम्मले मूल्य वृद्धि गरेका छन् ।

सिमेन्ट उद्योगीहरुले आइतबार पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले वृद्धि गरेका छन् ।

सिमेन्टको मूल्य १० दिनमै १ सय २५ रुपैयाँसम्मले वृद्धि हुँदा अब संरचना निर्माणको लागत पनि महँगिने भएको छ । तर, निर्माण व्यवसायीहरुले भने सिमेन्टको मूल्य सिमेन्ट उद्योगीहरुले ‘कार्टेलिङ’ गरेर बढाएको आरोप लगाएका छन् ।

विगत एक वर्षदेखि उद्योगीहरुले सिमेन्टको भाउ बढाउन खोजे पनि केही सिमेन्ट उद्योग भाउ बढाउन तयार नभएपछि सिमेन्टको भाउ बढाउने प्रयासमा सिमेन्ट उद्योगहरु असफल भएका थिए । तर, यसपालि अधिकांश ठूला उद्योगहरुको मिलेमतोमा मूल्यवृद्धिसहित सिमेन्टको मूल्य तय भएको व्यवसायीको भनाई छ ।

यता सिमेन्ट उद्योगीहरुले भने मूल्यमा ‘कार्टेलिङ’ गरिएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनीहरुले यो निर्माणको सिजन भएको र अत्याधिक माग हुँदा स्वभाविक रुपमा मूल्य महँगिएको तर्क गर्दै आएका छन् । अर्कोतर्फ व्यवसायीहरुले भने सिजनको बाहनामा उद्योगीले सिमेन्टको मूल्य बढाएको र अझै बढाउने ‘मुड’मा उद्योगीहरु भएको पनि दाबी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी