×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टुँडीखेलमा जुम्ली भैलोको रौनक (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टुँडीखेलमा जुम्ली भैलोको रौनक (तस्विरहरु)

Artha Sarokar

१६ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जुम्लाका विभिन्न स्थानबाट राजधानी काठमाडौंमा बसोबास गर्ने जुम्ला बासीहरुले जुम्ली भैलो मनाएका छन् । पुसको कृष्ण औंसीदेखि जुम्लाका विभिन्न स्थानमा खेलिने भैलो जुम्ला बासीहरुले काठमाडौंको टुँडीखेलमा जम्मा भएर मनाएका हुन् ।

जुम्लामा साँझमा खेलिने भए पनि काठमाडौंमा त्यो सम्भव नभएको कारण दिनमा भैलो खेल्न टुँडीखेलमा जम्मा भएको धनादेबी पाण्डेले बताएकी छिन् । आफ्नो संस्कार, संस्कृति बचाउन, देउडा खेल्न, सुख–दुःखको कुरा गर्न काठमाडौंमा भैलो खेल्न थालिएको पाण्डेले बताइन् ।

नेपालका अधिकांश क्षेत्र र समुदायमा कात्तिक कृष्ण औंसी अर्थात् तिहारमा खेलिने देउसी भैलो प्रख्यात छ । तर कर्णालीको जुम्ला क्षेत्रमा भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने चलन रहेको छ । स्थानीय जनश्रुतिका अनुसार जुम्ली भैलो प्रचलनबारे अनेक प्रसंग छन् जसले यसको मौलिकता र विशिष्टता उजागर गर्छ ।

बाह्य संस्कृतिको प्रभावले यस्ता मौलिक संस्कृति विस्तारै ओझेल पर्दै र हराउँदै गएका छन् । प्रायः नेपालीले तिहारमा खेल्ने भैलोका बेलामा पर्ने कात्तिक कृष्ण औंसीका दिन अर्थात् दीपावलीको दिन गाईपूजा हुन्छ । जुम्लातिर पुस कृष्ण औंसीको दिनलाई भट्ट्या औंसी पनि भनिन्छ । त्यो दिन गाईगोरुलाई भटमास पकाएर दिन्छन् । नुन दिन्छन् । कागलाई पनि खानेकुरा दिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी