Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २५ घर भई काठमाडौँको टोखा नगरपालिका ६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका १२ घर भई काठमाडौँ महानगरपालिका २८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौँ बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका ७ घर भई काठमाडौँ २२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट सात लाख रुपैयाँ, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट १६ लाख पाँच हजार रुपैयाँ तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट पाँच लाख १५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीले मधुलाई काठमाडौँको टोखा ६ बाट र गीतालाई काठमाडौँ २८ बाट तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट पक्राउ गरेको हो । पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK