×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज ३३औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गता भएका बैंकरहरुलाईसमेत बिदा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आज ३३औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गता भएका बैंकरहरुलाईसमेत बिदा

Artha Sarokar

१८ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ३३औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका बैंकरहरुलाई बिदा दिइएको छ । देशभर अपाङ्गता भएका व्यक्तिहरुले आजको दिन (डिसेम्बर ३) लाई अन्तराष्ट्रिय दिवसका रुपमा मनाइरहँदा नेपालमा बैंक तथा वित्तीय संस्थामा अपाङ्गता भएका बैंकरहरुलाईस बिदा दिइएको हो ।

अपाङ्गता भएका बैंकरहरुलाई बिदा भए पनि बैंक भने खुल्नेछन् । अपाङ्गता भएका व्यक्तिहरु बाहेक अन्य बैंकरहरु नियमित काममा हुनेछन् ।

आज अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।

नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदैछन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन सरकारले आह्वान गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी