×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को इकाई निष्काशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को इकाई निष्काशन

Artha Sarokar

७ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ निष्काशन गरिएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आइतबारबाट उक्त योजनाको सार्वजनिक रूपमा निष्काशन गरिएको हो ।

यो बन्दमुखी योजना हो । यसको आकार एक अर्ब रुपैयाँ रहेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ रहेको छ । कुल निष्काशन मध्ये न्युनतम बिक्री हुनुपर्ने इकाई सङ्ख्या पाँच करोड हो भने अधिकतम सकारिने इकाई सङ्ख्या १२ करोड पचास लाख रुपैयाँ रहेको छ ।

योजनाको अवधि १० वर्षको रहेको छ । इच्छुक व्यक्तिले यहि पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इकाई खरिदका लागि लगानीकर्ताहरूले मेरोसेयर तथा सीआस्बा हुने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सकिनेछ ।

यो योजना १० वर्षमा परिपक्व हुने जनाईएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी