काठमाडौँ । कैलालीमा २४औँ सशस्त्र प्रहरी दिवस मनाइएको छ । कैलालीको कैलारी गाउँपालिका-३ खोनपुर र कैलारी गाउँपालिका-१ वनदेवी मन्दिरमा एक कार्यक्रमकाबीच २४औँ सशस्त्र प्रहरी दिवस मनाइएको हो ।
दिवसका अवसरमा कैलाली गाउँपालिका-३ स्थित मोहना युवा क्लब एवम् स्थानीयबासीसँगको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरद्वारा चौतारा निर्माण गरिएको छ ।
उक्त चौताराको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले उद्घाटन गरेका हुन् ।
दिवसका अवसरमा सीमाबासीहरुसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत ‘सीमा क्षेत्र विकास कार्यक्रम’ र ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ सञ्चालनमा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

दिवसकै अवसरमा दश वर्षे जनयुद्धमा कर्तव्य पालनाका क्रममा २०६० चैत ९ गते कैलारी गाउँपालिका-३ हसुलिया सुर्मिनाला कलभर्टमा यम्बुसमा परी १२ गते साहदत प्राप्त गरेका सप्रसह केशर बहादुर खत्रीको शहीद स्मारकको अनावरण गरिएको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक पदम बहादुर विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेटक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक दल बहादुर पाण्डे, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुमार गौली, कैलारी गाउँपालिका-३ का अध्यक्ष सन्तराम चौधरी, मोहना युवा क्लबका अध्यक्ष चनुराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्