×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमानस्थलको घाँस काट्न वार्षिक ८८ लाखको ठेक्का

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विमानस्थलको घाँस काट्न वार्षिक ८८ लाखको ठेक्का

Artha Sarokar

१० माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको घाँस काट्न ८८ लाखको ठेक्का लागेको छ । विमानस्थलको धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन र अन्या क्षेत्रको घाँस काट्न ८८ लाख ४४ हजार रुपैयाँको ठेक्का लागेको हो ।

विमानस्थलको घाँस काट्ने ठेक्का शिवभक्त पार्वती निर्माण सेवालाई दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

शिवभक्त पार्वती निर्माण सेवा मकवानपुरको हो । यो कम्पनीले प्राधिकरणबाट ८८ लाख ४४ हजार ७ सय ६४ रुपैयाँमा विमानस्थलभित्रको घाँस काट्ने ठेक्का पाएको छ । कम्पनीको बोलपत्र प्राधिकरणबाट स्वीकृत भइसकेको छ ।

त्यस्तै, प्राधिकरणले अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल भवनको मर्मतका लागि २ करोड ५६ लाखको ठेक्का रामेछाप पीआर जेभी पेप्सीकोलालाई दिएको छ । साथै प्राधिकरणले धावनमार्गमा रवर हटाउन र अन्य प्राविधिक काम गर्न ९ करोड २८ लाख रुपैयाँको ठेक्का प्यागोडा इफ्रा कन्स्ट्रक्सनलाई दिइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी