Skip to content
LAXMI SUNRISE BANK

 एनआईसी एशिया बैंकको एटिएम फोड्ने प्रयास, १ जना पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकको एटिएम मेसिन चोरीको प्रयास भएको छ । बैंकको काठमाडौँको थापा गाउँस्थित एटिएम मेसिन फोड्ने प्रयास भएको हो । 

प्रहरीका अनुसार मंगलबार राती करिब ११ बजे एटिएम मेसिन फोड्ने प्रयास भएको थियो । 

एटिएम मेसिन फुटाएर चोरी प्रयास गर्दैगर्दा एकजनालाई प्रहरी वित्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK