×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लेबल’बिनाको अचार भेटिएपछि भाटभटेनी सुपरमार्केट कारवाहीमा, अनुगमन टोलिले तिरायो १० हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘लेबल’बिनाको अचार भेटिएपछि भाटभटेनी सुपरमार्केट कारवाहीमा, अनुगमन टोलिले तिरायो १० हजार जरिवाना

Artha Sarokar

१ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भाटभटेनी सुपरमार्केट फेरि कारवाहीमा परेको छ । ललितपुरको चापागाउँ दोबाटोस्थित भाटभटेनी सुपरमार्केट कारवाहीमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा भएको संयुक्त जिल्ला बजार अनुगमनका क्रममा ‘लेबल’ नराखी खाद्य बस्तु बेचेको पाइएपछि भाटभेटेनी सुपरमार्केटलाई कारवाही गरिएको हो । 

भाटभेटनीले बेचिरहेको इम्लीको अचारमा म्याद नलेखिएको पाकेट भेटिएको अनुगमनमा सहभागी एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार उक्त अचारका प्याकेटमध्ये एउटा परीक्षणका लागि पठाइएको छ भने बाँकी प्याकेट जफत गरिएको छ । 

भाटभेटेनी सुपरमार्केटले लेबल नराखी खाद्यवस्तु बेचेको पाइएपछि भाटभटेनीलाई कारवाहीस्वरुप १० हजार रुपैयाँ जरिवाना तिराइएको छ । त्यस्तै, अनुगमनका क्रममा उक्त टोलीले मकवानपुर फाष्टफुड र ए टु जेड स्टोरलाई कमजोरी सुधार्न सचेत गराएको छ । 

यसअघि ढुसी परेको नरिवल बेचिरहेको पाइएपछि भाटभटेनीको काठमाडौँस्थित त्रिपुरेश्वर आउटलेटलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी