Skip to content
LAXMI SUNRISE BANK

स्टक एक्सचेञ्जबारे निर्णय गर्न बसेको बोर्डको बैठक अनिर्णीत 

अर्थ सरोकार

काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जको विषयमा निर्णय गर्न बसेको धितोपत्र बोर्डको बैठक निर्णय बिना नै टुँगिएको छ । मंगलबार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणका विषयमा निर्णय गर्न बनेको बोर्डको बैठक निर्णय बिना नै सकिएको हो । 

बैठकमा नयाँ स्टक एक्सचेञ्जको प्रक्रियाका विषयमा सामान्य छलफल मात्रै भएको थियो । 

बोर्डले स्टक एक्सचेञ्जका लागि नयाँ आवेदन नखुलाउने बरु आवेदन दिइसकेका पुरानै तीन कम्पनीबाट एउटालाई लाइसेन्स दिने तयारी गरेको छ । बोर्डले ती कम्पनीहरुको व्यवसायिक कार्ययोजनाका आधारमा उत्कृष्टलाई लाइसेन्स दिनेछ । 

बोर्डमा स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK