×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिका सीईओविरुद्ध अख्तियारमा उजुरी 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हिमालयन रिका सीईओविरुद्ध अख्तियारमा उजुरी 

Artha Sarokar

२२ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको छ । तत्कालीन युनाइटेड इन्स्योरेन्सको सीईओ छँदा ८० लाख हिनामिना गरेको आरोपमा पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको हो । 

पौडेलले युनाइटेडमा हुँदा कर्मचारीको नाममा एडभान्स बापत ८० लाख रुपैयाँ लिएर हिनामिना गरेको उजुरीमा उल्लेख गरिएको छ । 

उक्त विषयमा तत्कालीन बीमा समिति (हालको बीमा प्राधिकरण) ले पनि कम्पनीमा ८० लाख रुपैयाँ हिनामिना भएको निष्कर्ष निकाल्दै उक्त रकम सम्बन्धित कर्मचारीबाट असुल गरी आवश्यक कारवाही गर्न पत्राचारसमेत गरेको थियो । 

हाल पौडेल हिमालयन रि इन्स्योरेन्समा सीईओ छिन् । उनी २०८० असोज गते कम्पनीको सीईओमा नियुक्त भएकी थिइन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी