काठमाडौं । दुर्गा प्रसाईं छुटेका छन् । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । बिहीबार थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेको हो । रवि लामिछानेलाई छोड्न पनि आजै अदालतले आदेश दिएको छ ।