काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गरिने भएको छ । एक सूचना जारी गर्दै समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक सञ्चालन गर्न खटिएको राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले बैंकको डिडिए गरिने जनाएको हो ।
सोही सूचनामार्फत समूहले बैंकको डिडिए गर्न इच्छुक चार्टर्ड एकोन्टेन्ट फर्म तथा कम्पनीलाई दरभाउ पेश गर्न पनि आह्वान गरेको छ ।
व्यवस्थापन समूहले सूचना जारी भएको १५ दिनभित्र (माघ १० गतेभित्र) नेपालगञ्जस्थित बैंकको केन्द्रीय कार्यालयमा शिलबन्दी दरभाउ पेस गर्न भनेको छ । डिडिएको टिओआर बैंकको वेवसाइटबाट हेर्न सकिने सोही सूचनामार्फत जानकारी गराइएको छ ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई पुष ११ गते समस्याग्रस्त घोषणा गरेको थियो । लगत्तै राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई निलम्बन गर्दै बैंकको सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिएको थियो । हाल नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समूहले बैंकको समस्या समाधानका लागि काम गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्