काठमाडौँ । अबदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०८० को सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्था संशोधन गर्दै बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था गरेको हो ।
योसँगै अब २०८१ माघ १ गतेदेखि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र पूर्वाधार विकास बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र नभएको अवस्थामा राष्ट्रिय परिचयपत्र नम्बर चाहिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्रिय परिचय पत्र नभएको हकमा भने बैंक तथा वित्तीय संस्थामा खाता खोल्न मिल्ने छैन ।
राष्ट्र बैंकले सोही व्यवस्था अनुसार माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेका विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्रको नम्बरको विवरण यकिन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्