काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।
आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गर्ने बताएका हुन् ।
‘स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्नेछु ।’, उनले भने, ‘त्यसले बिरामीलाई सहयोग हुनेछ ।’ त्यस्तै, उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।